जयनन्द लामाको निधनप्रति दीपकराज गिरी मर्माहत, अधुरै रह्यो उनको यस्तो इच्छा - Crazysaptahik.com

जयनन्द लामाको निधनप्रति दीपकराज गिरी मर्माहत, अधुरै रह्यो उनको यस्तो इच्छा

कलाकार दीपकराज गिरीले फिल्म ‘छक्का पन्जा ४’ मा जयनन्द लामासँग काम गर्ने इच्छा अधुरो रहेको बताएका छन् । बुधबार लामाको असामयिक निधन भएको खबर बाहिर आएपछि उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफ्नो धारणा राखेका हुन् ।

‘‘छक्का पन्जा ४’ मा दाईसँंग काम गर्ने सपना पनि अधुरै रह्यो, संसारको यो तितो यथार्थलाई स्वीकार्न नचाहेर पनि स्वीकार्नै पर्दो रहेछ’ उनले भने–‘गायक तथा कलाकार जयनन्द लामा दाईप्रति हृदयदेखि नै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’ ‘ज्वाइँले बहिनी कुटेछ, राम्रो धेरै राम्रो, तर कुटेको अलि मिलेनछ, त्यहि भएर मान्छे कसरी कुट्ने भनेर सिकाउनु आएको’ स्वर्गीय लामाले अभिनयको सिलसिलामा बोलेको यो एक सम्वाद निकै हिट छ ।

दीपकले पनि यो सम्वाद सहित पोष्ट गरेको स्टाटसमा कलाकारलाई सम्झिरहने बताए । ‘हरेक भेटमा दीपक भाइ गायकको रूपमा त मेरो एउटा परिचय थियो । तर अभिनयले त मलाइ घर घरमा पुर्यायो । उहाँ खुशी हुँदै भन्ने गर्नुहुन्थ्यो’ दीपकले अगाडि थप्छन्– ‘हाँस्ने एउटा गज्जबको शैली थियो उहाँसँग जुन हामीले चलचित्रमा पनि प्रयोग गर्यौ, उहाँको त्यो हाँसो सुनेपछि एउटा छुट्टै माहौल नै बन्थ्यो ।’

लामाको अजिवको हाँसो, सकारात्मक सोच र बिन्दास सपना रहेको समेत गिरीले उल्लेख गरेका छन् । ‘जीवन, बगैँचामा फूलेको फूल जस्तै हो । फूलेपछि झर्नै पर्छ । तर सम्झनाका फाँटहरूमा उहाँसँग बितेका हरेक पल सधै फुली नै रहने छन्’ दीपकको स्टाटसमा उल्लेख छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.