‘विक्रम वेधा’मा सैफको यस्तो लुक्स - Crazysaptahik.com

‘विक्रम वेधा’मा सैफको यस्तो लुक्स

सर्वाधिक चर्चामा रहेको साउथ चलचित्रको हिन्दी रिमेक ‘विक्रम वेधा’मा अभिनेता सैफअली खानको फस्टलुक सार्वजनिक गरिएको छ । जनवरीमा अभिनेता ऋतिक रोशनको जन्मदिनको अवसरमा उनको फस्टलुक सार्वजनिक गरिएको थियो ।

अब निर्माणपक्षले सैफअली खानको फस्टलुक रिलिज गरेको छ । चलचित्रमा सैफ ‘विक्रम’को भूमिकामा छन् । एक्सन क्राइम थ्रिलर जनरामा तयार भएको यो चलचित्रमा एक प्रहरी र एक ग्याङस्टारको कथा प्रस्तुत गरिएको छ ।

तमिल भाषामा तयार भएको यो चलचित्रमा आर माधवन र विजय सेतुपतिको मुख्य भूमिका थियो ।  गुल्सन कुमार, टी सिरिज र रिलायन्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई पुष्कर र गायत्रीले निर्देशन गरेका हुन् ।

चलचित्र यो वर्षको सेप्टेम्बर ३० मा रिलिज हुने तयारीमा छ । बलिउडमा साउथका थुप्रै हिट चलचित्रको धमाधम रिमेक भइरहेको छ । ऋतिक र सैफको यो चलचित्रले पनि बक्स अफिसमा धमाका मच्चाउने विश्वास गरिएको छ ।

सम्बन्धित खवर