शुक्रबार रिलिज भएको बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’बाट अभिनेत्री आलिया भट्टको प्रशंसा भइरहेको छ । आलियाको काम र चलचित्रको समेत सुखद् समीक्षा छ । सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो चलचित्रका लागि आलियाले मोटो पारिश्रमिक बुझेकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो चलचित्रका लागि आलियाले २० करोड भारु पारिश्रमिक लिएकी छन् । चलचित्रमा अजय देवगणको केमियो भूमिका छ । केमियो भूमिकाका लागि मात्र अजयले ११ करोड पारिश्रमिक लिएको समाचारमा उल्लेख छ ।
यस्तै चलचित्रकी अर्की अभिनेत्री हुमा कुरेसीले चलचित्रका लागि दुई करोड पारिश्रमिक लिएकी छन् । आलियाले करिअरकै सबैभन्दा उत्कृष्ट अभिनय गरेको चलचित्र भनेर समीक्षकहरुले प्रतिक्रिया दिएका छन् ।