‘गंगुबाई काठियावाडी’को बक्स अफिसमा सुखद् सुरुवात - Crazysaptahik.com

‘गंगुबाई काठियावाडी’को बक्स अफिसमा सुखद् सुरुवात

शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’ले बक्स अफिसमा सुखद् सुरुवात गरेको छ । ट्रेड तथा विश्लेषकहरुको अनुमान विपरीत चलचित्रले सुखद् कमाइ गरेको हो ।

सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको यो चलचित्रमा अभिनेत्री आलिया भट्ट केन्द्रीय भूमिकामा छिन् । चलचित्रमा अजय देवगण, शान्तनु महेश्वरी, विजय राजलगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

‘गंगुबाई काठियावाडी’ले शुक्रबार १०.५० करोड भारुको व्यापार गरेको छ । अधिकांश बलिउड पण्डितहरुले शुक्रबार चलचित्रले ६ देखि ७ करोडको व्यापार गर्ने अनुमान गरेका थिए ।

यस्तै चलचित्रले शनिबार बक्स अफिसमा १३.३२ करोडको व्यापार गरेको छ । दुई दिनमा चलचित्रले २३.८२ करोडको कमाइ गरेको छ । चलचित्रको कथावस्तुलाई दर्शकले मन पराएका छन् ।

समीक्षकले अभिनेत्री आलिया भट्टको करिअरकैै उत्कृष्ट अभिनय भन्दै प्रशंसा गरिरहेका छन् । आइतबार भारतमा बिदा हुने भएकाले पनि चलचित्रले राम्रो कमाइ गर्ने अनुमान गरिएको छ ।

सम्बन्धित खवर