वर्षाको शिव अवतार - Crazysaptahik.com

वर्षाको शिव अवतार

मंगलबार महाशिवरात्रि पर्व । शिवरात्रिको अवसरमा नेपाली चलचित्रका केही कलाकारले आफूलाई भगवान शिवको रुपमा ढालेर तस्वीर खिचाएका छन् । विशेषगरी शिवरात्रिमा पुरुष कलाकारहरुले आफूलाई बढी शिवको अवतारमा ढाल्ने गरेका थिए ।

 

तर यसपटकको शिवरात्रिमा अभिनेत्री वर्षा सिवाकोटीले पनि फोटोसुट गरेकी छन् । वर्षाले आफूलाई शिवको अवतारमा फोटोसुट गरेकी हुन् । तर वर्षाले शिवरात्रिमा आफू अहिलेसम्म व्रत भने नबसेको बताइन् ।

उनले भनिन्, ‘म शिवरात्रिमा व्रत बस्दिनँ । तर शिव भगवानलाई भने मान्छु । शिवजस्तो पति पाउँ भन्ने चाहना पनि मेरो छैन ।’ शिवरात्रिमा पुरुष कलाकारले बढी शिवको अवतारमा फोटोसुट गर्ने भएकाले पनि यसपटक केही नयाँ गरौं भनेर आफूले पनि फोटोसुट गराएको उनले बताइन् । शिवरात्रिको दिनमा पनि आफू म्युजिक भिडियो छायांकनमै व्यस्त रहेको वर्षाले बताइन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.