महँगो लगानीमा बनेको ‘लप्पनछप्पन २’लाई राम्रो कमाइ गर्नुपर्ने चुनौती - Crazysaptahik.com

महँगो लगानीमा बनेको ‘लप्पनछप्पन २’लाई राम्रो कमाइ गर्नुपर्ने चुनौती

महँगो लगानीमा बनेर साढे दुई वर्षदेखि रिलिजको पालो पर्खिरहेको चलचित्र हो ‘लप्पनछप्पन २’ । मुकुन्द भट्टको निर्देशनमा बनेको यो चलचित्रले कोरोना महामारीका कारण पीडित हुनुप¥यो ।एक्सन जनरामा बनेको यो चलचित्रलाई निर्माताले महँगो लगानी गरेका छन् ।

सुरुवातमा अभिनेता दयाहाङ राई पनि यो चलचित्रमा जोडिएका थिए । तर युरोपमा एक साता बसेर पनि चलचित्रको छायांकन गर्न नसकेपछि दयाहाङले चलचित्र छाडेका थिए । युरोपका विभिन्न देशमा खिचिएका कारण पनि चलचित्रको लगानी उच्च छ ।

त्यसैले महँगो लगानी उठाउन फागुन २० गतेबाट प्रदर्शन हुन लागेको यो चलचित्रलाई चल्नैपर्ने चुनौती छ । चलचित्रमा अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, शक्ति श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

फागुन १३ गतेबाट प्रदर्शन भइरहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को व्यापार र फागुन २० गते रिलिज हुन लागेको हलिउड चलचित्र ‘ब्याटम्यान’ यो चलचित्रका लागि चुनौती हुनसक्छ ।

अभिनेता अर्पण थापा चलचित्र स्टाइलिस्ट बनेको बताउँछन् । निर्माताले महँगो लगानी गरेर फरक शैैलीको चलचित्र बनाएको भन्दै प्रशंसा पनि गरेका छन् । निर्देशक मुकुन्द भट्टले पनि चलचित्र राम्रो बनेको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित खवर