आमासँग किन सुत्छन् टाइगर ? - Crazysaptahik.com

आमासँग किन सुत्छन् टाइगर ?

बलिउड अभिनेता टाइगर श्राफ बलिउडमा नृत्य र अभिनयका लागि चिनिन्छन् । युवतीबीच उनको क्रेज बढ्दो छ । तर, सायद कमैलाई मात्र थाहा होला फिल्ममा नडराउने यी अभिनेता वास्तविक जीवनमा भने निकै डरफोक छन् ।

यो कुराको खुलासा उनी आफैंले गरेका छन् । टाइगरका अनुसार उनले एक हरर फिल्म हेरेपछि उनी यति डराएकी, त्यसपछिका दिनमा उनी एक्लै सुतेनन् । ‘जब म घरबाहिर हुन्छ या कतै यात्रामा हुन्छु, त्यो समयमा कोही न कोही टिम सदस्यका साथ सुत्छु ।

घर आउँदा चाहिँ आमासँग सुत्छु’, टाइगरले भनेका छन् । उनले आफ्नो डरबारे आमालाई पनि थाहा भएकाले आफू आमासँग सुत्ने गरेको खुलाए । कामको कुरा गर्दा उनी चाँडै फिल्म ‘गणपत’मा देखिँदैछन् ।

जसमा उनको अपोजिटमा कृति सेनन छिन् । यो जोडीलाई दर्शकले फिल्म ‘हीरोपन्ती’मा देखिसकेका छन् । उनीहरु फिल्म ‘हीरोपन्ती २’मा पनि सहकार्य गर्दैछन् ।

 

सम्बन्धित खवर