९० करोडको मालिक श्रद्धा - Crazysaptahik.com

९० करोडको मालिक श्रद्धा

बलिउड अभिनेत्री श्रद्धा कपुरको आज ३५ औ जन्म दिन हो । उनको जन्म १९८७ को मार्च ३ मा भएको थियो । श्रद्धा प्रख्यात अभिनेता शक्ति कपुर र गायिका शिवांगी कपुरको छोरी हुन् ।
कयौँ फिल्ममा काम गरिसकेकी श्रद्धाको गायनमा पनि शोख छ ।

अभिनेत्रीले एक भिलेन, आशिकी २ र छिटोरे जस्ता सुपरहिट फिल्ममा काम गरिसकेकी छन् । वरुण धमन सानो छँदा श्रद्धालाई चिरकुट भनेर बोलाउँथे । उनले अभिनयका लागि पढाइ छोडेकी थिइन् ।

उनको प्राथमिक शिक्षा जमनाबाय नर्सी स्कूल र अमेरिकन स्कुल अफ बम्बेबाट भएको थियो ।त्यहाँ उनको साथी अथिया सेट्टी र टाइगर श्राफ थिए । स्कुलको पढाइ सकिएपछि श्रद्धा मनोविज्ञानमा स्तानकका लागि बोस्टन युनिभर्सिटी गइन् ।

तर पहिलो वर्षमै आफ्नो डेब्यू फिल्मका लागि उनले पढाइ छाडिन् । उनले २०१० मा अम्बिका हिन्दुजाको फिल्म तीन पत्नीबाट बलिउडमा डेब्यू गरेकी थिइन् । यो फिल्ममा अमिताभ बच्चन र आर माधवन थिए ।

सो यद्यपि फिल्मले बक्स अफिसम खासै कमाल देखाउन सकेन । पछि भने उनको फिल्म हिट हुँदै गयो । हाल उनले एउटा फिल्मको अभिनय गरेबापत ८ करोड रुपैयाँ पारिश्रमिक लिने गर्छिन् । हाल उनको सम्पत्ति ९० करोड रुपैयाँ छ ।

उनलाई फिल्म बाहेक विज्ञापन र मोडलिङबाट पनि मनग्य आम्दानी हुन्छ । कुनैबेला सलमान खानले स्कुलमा श्रद्धाको अभिनय ड्रामा देखेपछि उनलाई फिल्म लकीः नो टाइम फर लभ मा प्रस्ताव गरेका थिए ।

जसलाई उनले अस्वीकार गरेकी थिइन् । किनकी उनको त्यतिबेलाको उद्देश्य मनोविज्ञ बन्नु थियो । उक्त समयमा श्रद्धा केवल १६ वर्षकी थिइन् ।

सम्बन्धित खवर