रकस्टार रविनको स्वरमा फिल्म ‘चिसो एस्ट्रे’को गीत सार्वजनिक - Crazysaptahik.com

रकस्टार रविनको स्वरमा फिल्म ‘चिसो एस्ट्रे’को गीत सार्वजनिक

नेपाली रकस्टार रविन तामाङ हिजोआज संगीतभन्दा अभिनयमा बढी व्यस्त देखिन्छन् । ‘रविन एण्ड दी न्यू रिभोलुसन’ ब्यान्डको लोकप्रियतापछि अब भने उनी पाश्र्वगायनमा समेत सक्रिय भएका छन् ।

रविनकै शब्द तथा संगीत रहेको फिल्मको शीर्ष गीत शनिबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको छ । अंग्रेजीमा गाइएको ‘चिसो एस्ट्रे’बोलको गीतले युवाहरुको जीवनशैलीलाई अभिव्यक्त गरेको छ ।

गीत सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेता तथा गायक तामाङले फिल्मले देखाउन खोजेको कुरालाई गीतले सार संक्षेपमा व्यक्त गर्ने प्रयास गरेको बताए । ‘दिनेशले बनाएको फिल्मलाई मैले गीतमा समअप गरेको हो ।

धेरैपछि आफ्नो गीत सार्वजनिक हुँदा एक्साइटेड फिल गरिरहेको छु,’ उनले भने । त्यस अवसरमा फिल्मको टिम र फिल्म कलेजका विद्यार्थीबीच अन्तरक्रिया पनि भएको थियो ।

फिल्मको टिमले आफूहरुले सहरसँग लय मिलाउन नसक्ने युवाको कथालाई पर्दामा उतार्ने जमर्को गरेको विद्यार्थीहरुसागको अन्तरक्रियामा बताएका थिए । यसअघि रविन अभिनित हिन्दी सिरिज ‘द लास्ट आवर’ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज भएको थियो ।

उक्त सिरिजपछि रविनको चर्चा भारतमा समेत भयो । रविन अब फिल्म ‘चिसो एस्ट्रे’मार्फत नेपाली दर्शकमाझ कमब्याक गर्दैछन् ।

यो फिल्म चैत ४ मा रिलिज हुँदैछ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.