‘हर्ट अफ स्टोन’बाट हलिउडमा डेब्यु गर्दै आलिया - Crazysaptahik.com

‘हर्ट अफ स्टोन’बाट हलिउडमा डेब्यु गर्दै आलिया

 

बलिउड अभिनेत्री आलिया भट्ट फिल्म ‘गंगुबाई काठियावाडी’बाट थप चर्चामा छिन् । यो फिल्मले भारतीय बक्स अफिसमा १०० करोडको व्यापारिक आँकडा पार गरिसकेको छ ।

आलिया अब हिन्दी फिल्मका दर्शकका अलावा अन्तर्राष्ट्रिय दर्शकलाई प्रभावित पार्नका लागि तयार छिन् । उनी फिल्म ‘हर्ट अफ स्टोन’मार्फत हलिउडमा डेब्यु गर्दैछिन् ।

यो फिल्ममा गाल गडोट र जेमी डोरम्यानको मुख्य भूमिका छ ।नेटफ्लिक्समा रिलिज हुने ‘हर्ट अफ स्टोन’लाई टम हार्परले निर्देशन गरेका हुन् ।

 

सम्बन्धित खवर