पोखरा र बन्दीपुरमा छायांकन गरिएको भारतीय अभिनेता गुरमित चौधरी अभिनित म्युजिक भिडिओ ‘कुछ बातें’ सार्वजनिक भएको छ । पायल देव र जुबिन नौटियालको स्वर रहेको गीतलाई टी सिरिजले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।
पायल देवकै संगीत रहेको गीतको भिडियोलाई आशिष पाण्डाले निर्देशन गरेका हुन् । भिडियोमा गुरमितसहित पायल, मुस्कान सेठी र साना खान फिचर्ड छन् । यसैगरी नेपाली अभिनेत्री रश्मी भट्टले पनि यो गीतको भिडियोमा अभिनय गरेकी छन् ।
कोरोना महामारीको तेसो लहरपछि बन्दीपुर र पोखरा पुगेर भिडियो छायांकन गरिएको थियो ।यो रोमान्टिक गीतमा नेपालको पर्यटकीय थलो घुम्न आएका दुई युवायुवती प्रेममा परेपछि व्यक्त भावलाई समेटिएको छ ।
गुरमितले फक्स स्टार स्टुडियोको फिल्म ‘खामोसियाँ’ र ‘वजाह तुम हो’मा अभिनय गरेका छन् । उनी टीभी रियालिटी शो ‘झलक दिखलाजा’का विजेता समेत हुन् । सन् २००८ को टीभी सिरिज ‘रामायण’मा पनि उनले अभिनय गरेका छन् ।