नयनराज पाण्डेको उपन्यास ‘लू’माथि फिल्म बन्ने - Crazysaptahik.com

नयनराज पाण्डेको उपन्यास ‘लू’माथि फिल्म बन्ने

साहित्यकार नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’माथि फिल्म बन्ने भएको छ । कारो फिल्म्सले पुस्तकको सर्वाधिकार खरिद गर्दै यसमाथि फिल्म बनाउन लागेको हो । कम्पनीकी प्रबन्ध निर्देशक निशा खरेल र लेखक पाण्डेबीच बुधबार सर्वाधिकार खरिदसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

फिल्मको पटकथा स्वयं साहित्यकार पाण्डेले नै लेख्ने भएका छन् । इन्टरनेट कम्पनी क्लासिक टेकको सहायक संस्था कारो फिल्म्सले यही फिल्ममार्फत निर्माणमा हात हाल्न लागेको हो ।कारो फिल्म्सले आगामी दिनमा वेब सिरिज निर्माणलाई पनि अघि बढाउने भएको छ ।

सम्झौतापछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले भनिन्, ‘आगामी दिनमा नेपाली फिल्मलाई नयाँ उचाइमा लैजाने हाम्रो उद्देश्य छ ।’ यसअघि पाण्डे लिखित दुई अन्य उपन्यास ‘उलार’ र ‘सल्लीपिर’माथि पनि फिल्म बनाउने कुरा थियो, तर निर्माण कार्य अघि बढ्न सकेको छैन ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.