के राजेश हमाल राजनीतिमा आउन लागेका हुन् ? - Crazysaptahik.com

के राजेश हमाल राजनीतिमा आउन लागेका हुन् ?

अभिनेता राजेश हमालको मेयर चाहना यतिबेला चर्चाको बिषय बनेको छ । राजेशले बिहीबार आफ्नो अफिसियल युट्युव पेज सार्वजनिक गर्दै एक भिडियो अपलोड गरेका थिए ।

जसमा उनले काठमाडौं शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान नदिएको भन्दै आफ्नो मेयर चाहना राखेका थिए । उनको उक्त भिडियोपछि सर्वसाधारणमा यस बिषयले चर्चा पाउन थालेको छ ।

के राजेश हमाल राजनीतिमा आउन लागेका हुन् ? उनी राजनीतिमा के आउँथे, उनी राजनीतिमा आउनुपर्छ भन्ने जस्ता बहस अहिले सर्वसाधारणले गरिरहेका छन् । यतिसम्मकी बजारमा राजेश नेकपा एमालेमा प्रवेश गर्ने समेत चर्चा चल्न थालेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहेको समय पनि राजेश चलचित्र विकास बोर्ड अध्यक्ष बन्ने हल्ला चलेको थियो । उक्त समय ओली र हमालको पटक–पटक भेट पनि भएको थियो । हुन त अभिनेता हमालले पनि राजनीतिमा आउने संकेत बेला बेलामा गर्दै आएका छन् ।

उनले अहिले दिएको काठमाडौंको मेयर नै बन्ने इच्छा पनि उक्त संकेत मान्न सकिन्छ । यस्तै बिहीबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा अतिथिका रुपमा पुगेका हमाललाई प्रश्न राखिएको थियो ‘तपाईं मेयर बन्ने चर्चा चलिरहेको छ, वास्तविकता के हो ?’ ।

‘कागको पछाडि नदौडिनुहोस्, कान छाम्नुहोस् । त्यो हल्ला मात्रै हो, अरु केही होइन ’ हमालले हाँसेर जवाफ दिदै बिषय यतिकै टुङ्ग्याएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.