होलीको अवसरमा टेलिसिरियल ‘सर्खारको सर’ घोषणा - Crazysaptahik.com

होलीको अवसरमा टेलिसिरियल ‘सर्खारको सर’ घोषणा

फागुपर्वको अवसर पारेर बिहीबार कमेडी टेलिसिरियल ‘सर्खारको सर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । राजनीतिक विकृति र सामाजिक घटनालाई चित्रण गर्ने बताइएको यो सिरियललाई सेलिब्रेटी नेपाल र देवांशी इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

विनय पौडेलले सिरियल निर्देशन गरेका हुन् । सार्वजनिक फस्टलुकमा सिरियलका तीन जना मुख्य कलाकार दीपक आचार्य, रविन्द्र झा र सीपी पुडासैनीलाई फिचर्ड गरिएको छ । रघुनाथ सापकोटा र लीला केसीको निर्माण रहेको सिरियलमा लीला केसी, जगदीश्वर अधिकारी, प्रतिशा रिजाल, राजु कट्टेल, सिजन तिवारी, मरिना गुरुङ र सुरज अधिकारीको पनि अभिनय छ ।

नवराज भण्डारी सहनिर्माता रहेको सिरियलको केही दिनमा ट्रेलर सार्वजनिक गरिने र प्रदर्शन मिति पनि सार्वजनिक गर्ने निर्माता सापकोटाले जानकारी दिए । सिरियलको डिजिटल पार्टनर डीएआर मुभिज रहेको छ ।

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.