सोनम कपुर आमा बन्दै, सेयर गरिन् बेबी बम्पको तस्वीर - Crazysaptahik.com

सोनम कपुर आमा बन्दै, सेयर गरिन् बेबी बम्पको तस्वीर

बलिउड अभिनेत्री सोनम कपुर आमा बन्दैछिन् । सामाजिक सञ्जाल इन्स्टाग्राम आफ्नो बेबी बम्पको तस्वीर सेयर गर्दै उनले आफू गर्भवती रहेको जानकारी दिएकी हुन् । तस्वीरमा उनी आफ्ना श्रीमान आनन्द आहुजासँग देखिन्छिन् ।

सोनमले यो तस्वीर सेयर गर्दै लेखेकी छन्, ‘चार हात, जो जतिसक्दो राम्रो तरीकाले तपाईंको पालनपोषण गर्न सकुँ, यो दिल तपाईंकै लागि धड्किरहेछ । एक परिवार जसले तपाईंलाई माया र सहयोग दिन्छ । हामी तपाईंको आगमनको प्रतीक्षा गरिरहेका छौं ।’

उनले आफूहरु बच्चाको व्यग्र प्रतीक्षामा रहेको संकेत गरेकी छन् । बलिउड अभिनेत्री सोनमले चार वर्षअघि आनन्दसँग विवाह गरेकी हुन् । आमा बन्न लागेका खबर बाहिरिएसँगै उनीहरुलाई प्रशंसकहरुले बधाई दिइरहेका छन् ।

सम्बन्धित खवर