‘आरआरआर’ २०० करोड क्लबमा, मुम्बईमा सफलताको पार्टी - Crazysaptahik.com

‘आरआरआर’ २०० करोड क्लबमा, मुम्बईमा सफलताको पार्टी

दक्षिण भारतीय (साउथ) फिल्म निर्देशक एसएस राजामौलीले भारतीय बक्स अफिसमा कीर्तिमानको अर्को मानक कायम राखेका छन् । उनी निर्देशित ‘बाहुबली : द बिगिनिङ’ भारतीय बक्स अफिसमा सय करोड पार गर्ने पहिलो हिन्दी डब साउथ फिल्म थियो ।

राजामौली निर्देशित ‘बाहुबली : द कन्क्लुजन’ले ५०० करोड भारुभन्दा बढी कमाइसकेको छ । अब भने उनकै नयाँ फिल्म ‘आरआरआर’ २०० करोड क्लब प्रवेश गर्ने दोस्रो फिल्म बनेको छ ।फिल्मको सफलताको खुसीयालीमा मुम्बईमा भव्य पार्टी आयोजना गरियो जहाँ बलिउड र साउथ फिल्मका ‘हु इज हु’ सहभागी रहे ।

‘आरआरआर’ निर्माण कम्पनी जयन्तीलाला गादाले आयोजना गरेको पार्टीमा आमिर खान र करण जोहर पनि उपस्थित रहे । करण र आमिर दुवैले निर्देशक राजामौलीको प्रशंसा गरे । उनीहरु दुवैले राजामौली शैलीको फिल्म निर्माणको आफूहरु विद्यार्थी रहेको बताए ।

‘राजामौली एक वास्तविक प्रतिभाशाली र दूरदर्शी हुनुहुन्छ । उहाँसँग एक प्रतिभाशाली बच्चाको कल्पना छ । मैले पहिलोपटक जब बाहुबली हेर्दा लाग्यो, भारतीय फिल्ममा यस्तो बन्छ भन्ने लागेकै थिएन । आरआरआर मलाई त्यस्तै लाग्यो,’ करणले भने ।

‘यो मान्छे यो मनमोहक फिल्म निर्माता वास्तविक हुन सक्दैन । तपाईंले उहाँलाई महसुस गर्न र वास्तविक हुनुहुन्छ भनेर विश्वास गर्न उहाँलाई छुनुपर्छ,’ करणले अघि भने, ‘मलाई लाग्छ एसएस राजामौली हाम्रो देशले नदेखेको सबैभन्दा ठूला फिल्म निर्माता–निर्देशक हुन् ।’

उनले अगाडि भने, ‘भारतीय सिनेमालाई माथि उकास्न उहाँले गरेको प्रयत्नलाई हामीले साथ दिनुपर्छ । मापदण्डहरु राजामौलीका सिनेमाले सेट गरेका छन् र हामी त्यसप्रकारका सिनेमाको विद्यार्थी बन्न चाहन्छौं । उनले सिनेमालाई जे दिएका छन् हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।’

 

सम्बन्धित खवर