फ्राइडे रिलिज : हलमा ‘मैले आइ लभ यु भन्नै सकिनँ’ - Crazysaptahik.com

फ्राइडे रिलिज : हलमा ‘मैले आइ लभ यु भन्नै सकिनँ’

आज शुक्रबारबाट प्रेमकथामा बनेको फिल्म ‘मैले आइ लभ यु भन्नै सकिनँ’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिजको परम्परा धान्दै यो फिल्म प्रदर्शनमा आएको हो । यद्यपि देशभरका फिल्म हल भने यसले पाएको छैन ।

किनभने अघिल्ला साताहरुमा प्रदर्शन आएको आरआरआर लगायत केही विदेशी फिल्मले अझै धेरै फिल्म हल ओगटेका छन् । फिल्म ‘मैले आइ लभ यु भन्नै सकिनँ’ तारा शंकर फिल्मस्को ब्यानरमा निर्मित फिल्म हो ।

फिल्ममा बुद्धि तामाङ, राजाराम पौडेल, स्वर्गीय जयनन्द लामा, सुरवीर पण्डित, अञ्जली अधिकारीका साथमा सुजन नेपाली, सुवास नेपाली, अनिषा सुनार, सुनील भुसाल, सुरज कार्की, लक्ष्मी भट्ट, दावा लामा, कविता पुरी, निरुता तामाङ, शितल खड्का, श्रुति मगर, सरस्वती तामाङ, इच्छा तामाङ, अर्जिता थापा लगायतका कलाकारको अभिनय छ ।

वीर मास्टरको द्धन्द्ध निर्देशन रहेको फिल्म आशिष जिम्बा र सुशील डाँगीले खिचेका हुन् । तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्मको मुख्य सहायक निर्देशक भोला (प्रनप) सुवेदी छन् । सिंगल रिलिज अवसर पाएको फिल्मले दर्शकको अधिक साथ पाउने विश्वास निर्माण पक्षको छ ।

बाबु जिम्बा र शंकर कार्कीको संयुक्त निर्देशन रहेको फिल्मको कार्यकारी निर्माता प्रेम श्रेष्ठ हुन् । युवापुस्ताको भावना बुझेर आफुले फिल्म निर्माण गरेको निर्देशक बाबुले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.