सलोनले झम्सिखेलमा खोले रेस्टुरेन्ट - Crazysaptahik.com

सलोनले झम्सिखेलमा खोले रेस्टुरेन्ट

अभिनेता सलोन बस्नेत अभिनयमा मात्र सीमित रहेनन् । उनले वैकल्पिक व्यवसाय पनि थालेका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबारदेखि सलोनले रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छन् ।

सलोनले ललितपुरको झम्सिखेलमा आसन लाउन्ज एण्ड बार सञ्चालनमा ल्याएका हुन् । साथीहरुसँग मिलेर खोलेको सलोनको यो रेस्टुरेन्टमा भारतीय, चिनियाँ परिकारसहित लाइभ म्युजिकको आनन्द लिन पाइनेछ ।

‘पहिलेदेखि नै रेस्टुरेन्ट सञ्चालनमा ल्याउने तयारीमा थियौं, तर भनेजस्तो ठाउँ पाएका थिएनौं,’  भने, ‘सबै चीज जुरेपछि चलाएका हौं ।’ सलोन अभिनित फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ ।

वैशाख २३ गते उनी अभिनित ‘लक्का जवान’ प्रदर्शनको तयारीमा छ । वैशाखबाट छायांकन सुरु हुन लागेको ‘हनी बनी’मा पनि सलोनको मुख्य भूमिका हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.