राजु लामाले चढे लोबुचे हिमाल, दीया पुगिन् सगरमाथा आधारशिविर - Crazysaptahik.com

राजु लामाले चढे लोबुचे हिमाल, दीया पुगिन् सगरमाथा आधारशिविर

गायक राजु लामाले सोमबार ६ हजार ११९ मिटर अग्लो पूर्वी लोबुचे हिमालको सफल आरोहण गरेका छन् । इन्म्याजिन नेपाल एक्सपिडिसनमार्फत लामासहितको आरोही दलले हिमाल चढेको हो । जलवायु परिवर्तनले ल्याएको असरबारे सन्देश दिने उद्देश्यले उनले हिमाल चढेका हुन् ।

राष्ट्रिय झण्डा लिएर लोबुचे शिखरमा पुगेका राजुले आरोहणको भिडियो पनि सेयर गरेका छन् । राजुले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प दुईमा वैशाख दोस्रो साता सांगीतिक कार्यक्रम समेत आयोजना गर्ने तयारी गरेका छन् । संसारकै अग्लो स्थानमा कन्सर्ट गरेर रेकर्ड राख्ने उनको योजना छ ।

सगरमाथा आरोहणका लागि गायक लामाले गो फन्ड मीमार्फत रकम पनि संकलन गरिरहेका छन् । मंगलबार दिउँसोसम्म यसमा ५ हजार ६९६ अमेरिकी डलर संकलन भइसकेको छ ।  अभिनेत्री दीया पुन सोमबार दिउँसो सगरमाथा आधारशिविरमा पुगेकी छन् ।

जलवायु परिवर्तन र आफूले काम गरेको बेलायती स्वास्थ्य संस्थाको च्यारिटीका लागि हिमाल चढ्न लागेकी दीयाले मंगलबार आधारशिविर क्षेत्रमा हाइकिङ गर्ने जनाएकी छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.