पल शाह प्रकरणमा नाबालिकाका बाबुले पनि फेरे बयान - Crazysaptahik.com

पल शाह प्रकरणमा नाबालिकाका बाबुले पनि फेरे बयान

अभिनेता कलाकार पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने नाबालिकाका बाबुले पनि बयान फेरेका छन् । जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले मंगलबार सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जादा त्यो कुरा यथार्थ नभएको भनी बकपत्र गरेका हुन् ।

‘जाहेरी मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शंका छैन,’ पीडितका बाबुको बकपत्र उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घटना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’ बालिकाका बाबुको जाहेरीका आधारमा नै प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा लिएर जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान अघि बढाएको थियो ।

उक्त मुद्दामा अदालतको आदेशमा पल शाह हाल पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत स्रोतका अनुसार केही दिनदेखि नै पीडितका बाबुले नजिकका मानिसहरुसँगको कुराकानीका क्रममा बयान फेर्ने संकेत गरेका थिए ।

‘त्यो केटालाई १२ वर्ष थुनाएर हामीले के पाउछौं र भनेर उहाँले बारम्बार भन्नुभएको थियो,’ अदालत स्रोतले भन्यो, ‘कसैलाई दुःख दिएर हामीलाई शान्ति हुँदैन, समाधानतिर जानुपर्छ भन्नुहुन्थ्यो ।’ दुई दिनअघि पीडित भनिएकी बालिकाले पनि बकपत्रका क्रममा आफूमाथि बलात्कार नभएको बरु कलाकार शाह र आफू मिल्ने साथी भएको बताएकी थिइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.