‘डंकी’मा हिरानी र शाहरुखको पहिलोपटक सहकार्य - Crazysaptahik.com

‘डंकी’मा हिरानी र शाहरुखको पहिलोपटक सहकार्य

आगामी फिल्म ‘डंकी’मा बलिउड अभिनेता शाहरुख खान र निर्देशक राजकुमार हिरानीबीच सहकार्य हुने भएको छ । पहिलोपटक यी दुईबीच फिल्म निर्माणमा टिमअप हुन लागेको हो । एक भिडियो जारी गर्दै शाहरुखले फिल्म ‘डंकी’को घोषणा गरे, जसमा शीर्षक र प्रदर्शन मिति समेत उल्लेख छ ।

यो फिल्मलाई कमेडीसहित इमोसनल ड्रामा पनि भएको बताइएको छ । हिरानीको यो फिल्ममा शाहरुखसहित तापसी पन्नुलाई पनि देख्न पाइने भएको छ । थ्री इडियट्स, मुन्ना भाइ, पीके र सञ्जु जस्ता सुपरहिट फिल्मपछि अब हिरानीले शाहरुखसँग आफ्नो ड्रिम प्रोजेक्टको कामलाई अघि बढाएका हुन् ।

यो फिल्मलाई जियो स्टुडियोज्, रेड चिल्लीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म मिलेर निर्माण गर्न लागेका हुन् । अप्रिलबाटै यो फिल्मको छायांकन सुरु भइसकेको छ ।

 

सम्बन्धित खवर