‘बाहुबली–२’लाई उछिन्दै ‘केजीएफ–२’ बन्यो हिन्दी भर्सनमा सबैभन्दा बढी कमाउने फिल्म - Crazysaptahik.com

‘बाहुबली–२’लाई उछिन्दै ‘केजीएफ–२’ बन्यो हिन्दी भर्सनमा सबैभन्दा बढी कमाउने फिल्म

गत बिहीबार रिलिज भएको दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्स अफिसमा एकपछि अर्को कीर्तिमान कायम गरिरहेको छ । भारतमा मात्रै होइन, नेपाली बक्स अफिसमा समेत यो फिल्मको कमाइ आक्रामक छ ।

वर्षकै सबैभन्दा बृहत रिलिज बताइएको ‘केजीएफ–२’ले पहिलो दिनमै बक्स अफिसमा ८० प्रतिशत बराबरको अकुपेन्सीसहित ओपनिङ गरिरहेको थियो । पहिलो साताको समाप्तिसम्म पनि बिहीबारको कमाइमा धेरै कमी आइसकेको छैन ।

ओपनिङ विकेन्ड कलेक्सनमा ‘केजीएफ–२’ले निर्देशक एसएस राजामौलीको अघिल्लो फिल्म ‘बाहुबली २’लाई समेत उछिनेको छ । पहिलो सप्ताहन्त ‘केजीएफ–२’को हिन्दी डब भर्सनले भारतीय बक्स अफिसमा १९३.९९ करोड भारु कमाएको बलिउड हंगामाले जनाएको छ ।

यसअघि ‘बाहुबली–२’ १२८ करोड भारु कमाउँदै हिन्दी भाषामा स्वरांकन गरिएका सबै फिल्ममध्ये बढी कमाउने फिल्म बनेको थियो । ‘केजीएफ–२’ले ‘२.०’, ‘साहो’, ‘आरआरआर’ र ‘बाहुबली–१’को ओपनिङ विकेन्डको कमाइलाई पनि उछिनेको छ ।

भारतीय बक्स अफिसमा धेरै कमाउने डब फिल्म

१) केजीएफ :च्याप्टर २ – १९३.९९ करोड भारु

२) बाहुबली २ : द कन्क्लुजन – १२८ करोड भारु

३) २.० – ९७.२५ करोड

४) साहो – ७९.०८ करोड

५) आरआरआर – ७५.५७ करोड

६) बाहुबली : द बिगिनिङ – २२.३५ करोड

७) कबाली – १९.१५ करोड

८) राधे श्याम – १३.९४ करोड

९) पुष्पा : द राइज पार्ट–१ – १२.६८ करोड

१०) केजीएफ : च्याप्टर १ – ९.२० करोड

सम्बन्धित खवर