वर्षा सिवाकोटीले प्रेमी आशिषसँग रेसु भिल्लामा विवाह गर्दै - Crazysaptahik.com

वर्षा सिवाकोटीले प्रेमी आशिषसँग रेसु भिल्लामा विवाह गर्दै

अभिनेत्री वर्षा सिवाकोटीको आज विवाह भइरहेको छ । अमेरिकामा बसोबास गर्ने आशिष नाम गरेका युवकसँग काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा वर्षाको विवाह भइरहेको स्रोतले जनाएको छ ।

विवाह समारोहमा परिवारका सदस्य, सीमित आफन्त र साथीहरु गरी १५० जनाको उपस्थिति रहेको छ । विवाहलाई निकै गोप्य राख्ने प्रयास गरिएको छ । वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

एक महिनाअघि मात्रै वर्षा अमेरिका पुगेर फर्केकी थिइन् । त्यहाँबाट आएपछि उनीहरुको विवाह भएको हो । विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नु ल २’बाट फिल्मी यात्रा तय गरेकी वर्षाले पशुपतिप्रसाद, वीर विक्रम २, लप्पनछप्पन २, पुरानो बुलेट, कारखाना लगायतका फिल्ममा अभिनय गरेकी छन् । उनी अभिनित फिल्म ‘लक्का जवान’ रिलिजको तयारीमा छ ।

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.