फिल्म ‘हाम्रो स्वर्गको’ शुक्रबारबाट छायांकन सुरु भएको छ । शोभित बस्नेतको निर्देशन रहने फिल्म जुम्लाको पटमाराबाट छायांकन सुरु भएको हो । फिल्मले यार्सागुम्बा टिप्ने मान्छेहरूको कथा बिषयबस्तु बनाएको निर्देशक बस्नेतले बताए ।
मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लालबहादुर रोकाया, ललितजङ्ग महत लगायतको मुख्य भुमिका रहने फिल्मका छायांकार ज्ञानकुमार कट्टेल हुन् । कर्णाली प्रदेशवासीको भाषा, भेषभुषा र रहनसहन समेत समेटिने फिल्म हुम्लापछि जुम्ला, डोल्पा, मुगु, कालिकोट र जाजरकोटमा पनि छायांकन हुनेछ ।
फिल्म गौतमराज खड्काले सम्पादन गर्नेछन् । एनएसके मिडिया नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा शान्ता शर्मा निर्माता हुन् । फिल्ममा नवदत्त न्यौपानको संगीत, रामकृष्ण बुड्थापाको कथा छ ।