‘मन्त्र’ हिमाली भेगको सबैभन्दा राम्रो कथा : सौगात - Crazysaptahik.com

‘मन्त्र’ हिमाली भेगको सबैभन्दा राम्रो कथा : सौगात

अभिनेता सौगात मल्लले फिल्म ‘मन्त्र’ हिमाली भेगको सबैभन्दा राम्रो कथामा निर्माण भएको बताए । उनले ‘मन्त्र’ एउटा अर्गानिक कथाको रुपमा समेत चर्चा भएको बताए । ‘‘मन्त्र’ मैले अहिलेसम्म अभिनय गरेको फिल्म भन्दा भिन्न कथामा निर्माण भएको छ’ सौगातले भने ‘फिल्मले हिमाली भेगको प्रेमकथा, रहनसहन सबै देखाउँछ ।’

पोष्ट प्रोडक्सनमा आफुले फिलम दुई पटक हेरेको बताएका उनले फिल्म राम्रो बनेको दाबी गरे ।हिमाली भेगको प्रेमकथा समेटिएको फिल्म गोठालोको भूमिका निर्वाह गरेका छन् । खिलबहादुर गुरुङ निर्देशित फिल्ममा सौगातको अलवा दीया पुन, बुद्धि तामाङललगायतका कलाकारको अभिनय छ ।

सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायाँकन गरिएको चलचित्रमा परिक्षेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन र मित्र डि.गुरुङको सम्पादन छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.