पीकेलाई पछि छाड्यो केजीएफले - Crazysaptahik.com

पीकेलाई पछि छाड्यो केजीएफले

साउथका सुपरस्टार यशको फिल्म केजीएफ–२ ले बक्स अफिसमा लगातार रेकर्ड तोडिरहेको छ । अहिले यो फिल्मले ११ दिनमा विश्वभर ८८० करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेको छ ।

योसँगै केजीएफ–२ पनि आमिर खानको ’पीके’ लाई पछि पार्दै छैटौँ सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ। यति मात्र होइन, फिल्मको हिन्दी संस्करणले ११ दिनमा ३२० करोडभन्दा बढी कमाई गरेर धेरै कीर्तिमान पनि बनाएको छ ।

ट्रेड एनालिस्टले फिल्मले छिट्टै १००० करोड क्लबमा पुग्ने अपेक्षा गरेको छ । मनोबाला विजयबलनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै १०० करोडको बजेटमा बनेको केजीएफ–२ ले दोस्रो हप्ताको चौथो दिन अर्थात् ११ औं दिन (आइतबार) ६४.८३ करोडको वर्ल्ड वाइड ग्रस बक्स अफिस कलेक्सन गरेको बताएका छन्।

यसअघि फिल्मले दोस्रो हप्ताको तेस्रो दिन ४२.१५ करोड, दोस्रो दिन २६.०९ करोड र पहिलो दिन ३०.१८ करोड कमाएको थियो । योसँगै फिल्मले पहिलो हप्तामा ७२०.३१ करोडको व्यापार गरेको थियो ।

यस अनुसार, फिल्मले ११ दिनमा हालसम्म कूल वर्ल्डवाइड ग्रस बक्स अफिस कलेक्सन ८८३.५६ करोड रुपैयाँ गरेको छ । योसँगै फिल्मले आमिर खानको फिल्म ‘पीके’ लाई पछाडी पार्दै ११ दिनमा सर्वाधिक कमाई गर्ने भारतीय फिल्मको सूचीमा छैठौं स्थानमा पुगेको छ ।

तरण आदर्शले केजीएफ–२ को हिन्दी संस्करणले दोस्रो हप्ताको चौथो दिन अर्थात् ११ औं दिन भारतमा २२.६८ करोड रुपैयाँ कमाएको बताए । यसअघि फिल्मको हिन्दी संस्करणले दोस्रो हप्ताको तेस्रो दिन १८.२५ करोड, दोस्रो दिन ११.५६ करोड र पहिलो दिन १३.५८ करोड कमाएको थियो।

योसँगै फिल्मको यो संस्करणले पहिलो हप्तामा २५५.०५ करोडको व्यापार गरेको थियो । यस अनुसार फिल्मको हिन्दी संस्करणले अहिलेसम्म ११ दिनमा कुल ३२१.१२ करोड कमाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.