ऋचाको ‘कौसीद’ जेठ २७ मा रिलिज नहुने - Crazysaptahik.com

ऋचाको ‘कौसीद’ जेठ २७ मा रिलिज नहुने

अभिनेत्री ऋचा शर्माले निर्माण गरेको फिल्म ‘कौसीद’को प्रदर्शन मिति पछि सरेको छ । जेठ २७ गतेको पूर्वनिर्धारित मिति स्थगित भएको ऋचाले जानकारी दिइन् । उनका अनुसार आगामी मंसिरमा फिल्म रिलिज गर्ने तयारी छ ।

‘पूर्वनिर्धारित मितिमा कौसीद अब रिलिज हुँदैन,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय बजारमा रिलिज गरेपछि मात्र अब नेपाल रिलिज गर्नेछौं ।’ चार–पाँच मुलुकमा फिल्मलाई रिलिजको तयारी भएको ऋचाले बताइन् ।

‘विदेशमा रिलिज गरेपछि मात्र फिल्मलाई नेपालमा लगाउने तयारी छ,’ उनले भनिन् । आमा बनेपछि ऋचा अहिले सन्तान स्याहारमा समेत व्यस्त छिन् । केदार भुसालको निर्माण रहेको ‘कौसीद’लाई कुमार भास्करले निर्देशन गरेका हुन् । फिल्ममा ऋचाकै मुख्य भूमिका छ ।

सम्बन्धित खवर