चलचित्र ‘चिट्ठी’को छायाङ्कन सकियो - Crazysaptahik.com

चलचित्र ‘चिट्ठी’को छायाङ्कन सकियो

माधवराज खरेलको निर्देशन रहेको फिल्म ‘चिट्ठी’को छायाङ्कन सकिएको छ । निर्माण युनिटले बुधबार फिल्मको अन्तिम दृश्य खिच्दै फिल्मको इन्ड क्ल्याप गरेको हो ।

एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्ममा सञ्जित भण्डारी, कमेडी च्याम्पियनका सेकेन्ड रनर्सअप खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका साथै शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

जीवन पराजुलीको छायाङ्कन रहेको फिल्म काठमाडौं, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीयस्थल छायाङ्कन भएको छ । कमेडी जनरामा बनेको यो फिल्ममा केही सस्पेन्स र थ्रिलरसमेत भएको निर्देशक खरेलले बताए ।

फिल्ममा सरोज कोइराला, जुगल डंगोल र राजेन्द्र बजगाईंको संगीत छ भने फिल्मका गीतहरू डा.कृष्णहरि बराल, कमला जोशी र शान्तिप्रियले लेखेका हुन् ।

निर्देशक खरेलकै लेखन रहेको फिल्म कमला जोशीले बनाएकी हुन् । फिल्ममा राजेशकुमार तथा समिर मियाँको सम्पादन छ । सन् २०२२ भित्रै फिल्म प्रदर्शन हुने निर्माण युनिटले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.