अजय देवगण र किच्चा सुदीपबीचको विवाद के हो ? - Crazysaptahik.com

अजय देवगण र किच्चा सुदीपबीचको विवाद के हो ?

हिन्दी भारतको राष्ट्रिय भाषा हुन नसक्ने दक्षिण भारतीय अभिनेता किच्चा सुदीपको टिप्पणीपछि पुनः एकपटक भारतीय मनोरञ्जन जगत् विभाजित भएको छ ।

सुदीपको उक्त ट्वीटको जवाफ बलिउड अभिनेता अजय देवगणले यसरी दिएका छन्, ‘मेरो भाइ, तपाईंका अनुसार यदि हिन्दी हाम्रो राष्ट्रिय भाषा होइन भने तपाईंको मातृभाषाको फिल्मलाई किन हिन्दीमा स्वरांकनसहित रिलिज गर्नुभएको छ त ? हिन्दी हाम्रो मातृभाषा र राष्ट्रिय भाषा थियो र सधैं रहन्छ ।

जन गण मन ।’अजयको ट्वीटको जवाफ सुदीपले यसरी फर्काएका छन्, ‘तपाईंले बुझेभन्दा पूर्ण रुपमा मेरो अनुमान भिन्न छ । मैले तपाईंलाई व्यक्तिगत रुपमा भेट्दा यस्तो किन भनियो भनेर मैले जोड दिन चाहन्छु ।

चोट पु¥याउन वा उक्साउन मैले यसो भनेको थिइनँ । किन होला सर ?’ कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ले उत्तर भारतीय बक्स अफिसमा समेत राम्रो व्यापार गरेको सन्दर्भमा अभिनेता सुदीपले यस्तो टिप्पणी गरेका थिए ।

यी दुई अभिनेताको यस्तो सवालजवाफपछि जनमत विभाजित देखिएको छ । अजयको जवाफमा कर्नाटकका पूर्वमुख्यमन्त्री सिद्धारमायराले यसरी जवाफ दिएका छन्, ‘हिन्दी हाम्रो राष्ट्रिय भाषा थिएन र हुनेछैन ।

हाम्रो देशको भाषिक विविधताको संरक्षण गर्नु प्रत्येक भारतीयको दायित्व हो ।’ बलिउड निर्देशक रामगोपाल बर्माले पनि यसबारे टिप्पणी गरेका छन्, ‘अस्वीकार गर्न नसकिने धरातलीय यथार्थ के हो भने उत्तरका स्टारहरु दक्षिण भारतीय कलाकारसँग यसकारण इर्ष्यालु छन् कि हालै केजीएफ २ ले ५० करोडको ओपनिङ ग¥यो भने हिन्दी फिल्मका आगामी ओपनिङहरु हामी हेर्न गइरहेका छौं ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.