ट्यालेन्ट राउण्डमा नोबेल मिस नेवा - Crazysaptahik.com

ट्यालेन्ट राउण्डमा नोबेल मिस नेवा

क्रेजी साप्ताहिक
विराटनगर । मोरङको विराटनगरमा आयोजना हुने नोवेल मिस नेवाः को फाइनल राउण्ड लागि १२ जना प्रतियोगीहरुले आफ्नो प्रतिभा पस्केका छन् ।

स्थानीय बिग होटलमा शनिबार भएको ट्यालेन्ट राउण्डमा १२ जना नेवारी युवतीहरुले आआफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । टयालेन्ट राउण्डको निर्णायकमा मोडल स्वेता तुलाधर, पूर्व मिस नेवा रायसा श्रेष्ठ र झिपुचका सुरेश श्रेष्ठ रहेका थिए । यस वर्षको मिस नेवाःको टाइटल स्पोन्सर नोवेल मेडिकल कलेज रहेको छ भने मुख्य प्रायोजक रमपम र गुडलाइफ रहेको छ । यस्तै अन्तिम फाइनल राउण्डमा प्रवेश पाउने गरी प्रतियोगीहरुका लागि भोटिङ लाइन पनि खुला गरिएको छ ।

प्रतियोगितामा सहभागि १२ जना प्रतिस्पर्धीहरुका लागि अलग्गै कोडका साथ भोटिङ लाइन खुला गरिएको आयोजक मञ्जिना मुभिजका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी दिए । भोटिङका लागि मोबाइलको म्यासेज बक्समा गएर मिस नेवा कोसीको एम एन के स्पेस अनि प्रतियोगीलाई दिएको कोड नम्बरका साथ ३८६८७ मा म्यासेज पठाउनु पर्नेछ ।भोटिङ मार्फत सर्वा्धिक भोटप्राप्त गर्ने प्रतियोगी अन्तिम ६ मा पुग्ने र विभिन्न टाइटलको हकदार बन्ने ताम्राकारले जनाए । भोटिङ लाइन आगामी असार ७ गते अपरान्ह ४ बजेसम्मका लागि खुला गरिएको छ ।

विराटनगर, इटहरी, धरान, विराटचोकमा भएको विभिन्न छनौट चरण पारेर गरेर १२ जना युवती फाइनलमा प्रवेश गरेका छन् । विराटनगर लगायत पथरी, विराटचोक, टंकीसिवारी, इटहरी, धरानलगायतका युवतीहरू छनौट भएका छन् । .नेवारी समुदायको संस्कृति जगेर्ना उद्देश्यले मिस नेवाः आयोजना गर्न लागिएको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक ताम्राकारले जानकारी दिए । यस वर्षको मिस नेवाःको टाइटल स्पोन्सर नोवेल मेडिकल कलेज रहेको छ । १६ देखि २५ वर्ष उमेर समूहका नेवारी समुदायका युवतीहरू प्रतिस्पर्धामा सहभागी गराइएको आयोजकले बताएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.