पाककलाको रियालिटी शो ‘सेफ नेपाल’ आउँदै, प्रियंका कार्यकारी निर्माता - Crazysaptahik.com

पाककलाको रियालिटी शो ‘सेफ नेपाल’ आउँदै, प्रियंका कार्यकारी निर्माता

पाककला सम्बन्धी टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’ प्रसारणमा आउने भएको छ । अभिनेत्री प्रियंका कार्कीको कार्यकारी निर्माण रहने शोको शुक्रबार भक्तपुरमा औपचारिक घोषणा गरियो ।

यसअघि हिमालय टीभीमा रोडिज रियालिटी शो निर्देशन गरेका सिमोस सुनुवारले ‘सेफ नेपाल’लाई निर्देशन गर्ने भएका छन् । ‘अरुले गर्न नसकेको काम हामीले अघि बढाएका छौं,’ सुनुवारले भने ।

कार्यक्रमको औपचारिक घोषणासँगै प्रतिस्पर्धीको आवेदन आह्वान समेत गरिएको छ । वैशाख १५ गतेदेखि आवेदन सुरु भइसकेको र विश्वभरका नेपालीले आवेदन दिन सक्ने निर्माता धर्मराज पाण्डेले जानकारी दिए ।

जेठदेखि प्रसारण गर्ने लक्ष्य राखिएको कार्यक्रममा सेलिब्रिटी र कार्यकारी निर्मात्रीको रुपमा प्रियंका रहनेछिन् । शो हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ । ‘घरमै विभिन्न परिकारका खाना बनाउने र नयाँ रेसिपीको प्रयोग गर्ने ट्रेण्ड सामाजिक सञ्जालमा पहिलेदेखि नै थियो,’ निर्माता पाण्डेले भने, ‘सोहीअनुसार शो ल्याउन लागेका हौं ।’

कार्यक्रम घोषणा समारोहमा नेकपा एमालेका नेता महेश बस्नेत, कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला लगायत उपस्थित थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.