फिल्म ‘हिरोपन्ती २’ मा टाइगर श्रौफसँग नवाजुद्दीन सिद्दीकी देखिएका छन् । फिल्ममा उनले लैलाको भूमिका निभाएका छन्, जसको निकै चर्चा भइरहेको छ । चलचित्रलाई अहिले दर्शकबाट मिश्रित प्रतिक्रिया आइरहेको छ तर चलचित्रमा उनको भूमिकालाई निकै रुचाइएको छ ।
कुनै समय थियो जब नवाजले फिल्ममा काम गर्नका लागि निर्मातासँग धेरै कुरा सुन्नुपर्थ्यो तर आजको समयमा उनीसँग फिल्मको लाइन छ । उनी आफ्नो क्यारेक्टरमा निकै सचेत छन् ।
आज हामी तपाईलाई नवाजको जीवनसँग सम्बन्धित एउटा यस्तो किस्साको बारेमा बताउन गइरहेका छौँ, जसलाई सुनेर तपाईं पनि भावुक हुनुहुनेछ । नवाजुद्दीन सिद्दिकीको ग्याङ्ग अफ वासेपुर, मन्टोदेखि सेक्रेड गेम्सजस्ता प्रोजेक्टको विश्वभर प्रशंसा भएको थियो।
तर के तपाईंलाई थाहा छ नवाजले एक रुपैयाँ लिएर मात्रै फिल्ममा काम गरे जुन हिट पनि भयो । नवाजुद्दीन सिद्दिकीले २०१८ मा रिलिज भएको फिल्म ‘मन्टो’को लागि मात्र एक रुपैयाँ लिएका थिए ।
यो फिल्ममा नवाजले चर्चित उर्दू लेखक सआदत हसन मन्टोको भूमिका निभाएका थिए तर यो प्रश्न सबैको मनमा रह्यो कि नवाजले यो फिल्ममा सित्तैमा किन काम गरे ? जब यो फिल्म नवाजलाई अफर भयो, तब उनलाई यसको कथा धेरै मनपरयो । उनले त्यही बेला यो फिल्म सित्तैमा गर्ने सोचेका थिए ।