टिकटक लाइभलाई लिएर राजेश हमालको आपत्ति, फ्यानलाई दिए प्रष्टीकरण - Crazysaptahik.com

टिकटक लाइभलाई लिएर राजेश हमालको आपत्ति, फ्यानलाई दिए प्रष्टीकरण

केही सातादेखि ‘राजेश हमाल अफिसियल’ ह्यान्डलको टिकटक एकाउण्टबाट दिनहुँजसो लाइभ पोस्ट आइरहेको छ । मध्यरातसम्म चल्ने उक्त लाइभ स्ट्रिमिङमा राजेश हमाल र उनकी पत्नी मधु आउँछन् र दर्शकसँग अन्तक्रिया गर्छन् ।

उक्त लाइभमा फ्यानहरुले गिफ्ट पनि पठाइरहेका हुन्छन् । हमाल दम्पतीलाई मध्यरातसम्मै टिकटक लाइभमा देखेपछि कतिपयले आलोचना पनि गरिरहेका छन् । पैसा माग्न रातभर लाइभमा बसेको भन्दै कतिपयले हमालले त्यसो गर्नु अशोभनीय भएको पनि बताइरहेका छन् ।

हमालका फ्यानहरुले ‘महानायक’ रातभर लाइभमा बस्नु राम्रो नभएको भन्दै त्यसो नगर्न सुझाएका छन् । उक्त खातामा राजेश हमालका अन्य भिडियो पनि पोस्ट हुने गरेको छ ।

हमालले टिकटकमा आफ्नो अफिसियल एकाउन्ट नभएको र उक्त लाइभ फेक भएको बताए । हमालले मध्यरातसम्म आफ्नो पुरानो भिडियोलाई लाइभ गराइएकोप्रति आपत्ति पनि व्यक्त गरे ।

‘म लाइभमा बसेको होइन । मेरो एकाउन्ट छँदा पनि छैन । कसले गरेको हो, त्यसप्रति मेरो आपत्ति छ,’ उनले भने, ‘त्यसो नगरिदिन आग्रह गर्छु ।’

टिकटकमा आफ्नो रुचि नभएको पनि हमालले बताएका छन् । तर फेसबुक, ट्वीटर, इन्स्टाग्राम र युट्युवमा चाहिं हमालको अफिसियल एकाउण्टहरु सञ्चालनमा छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.