अभिनयका लागि आँचलले बनाइन् ओठमा घाउ ! - Crazysaptahik.com

अभिनयका लागि आँचलले बनाइन् ओठमा घाउ !

पछिल्लो समय कलाकार आफ्नो चरित्रमा फिट हुन ठूलै मिहिनेत गर्न पछि पर्दैनन् । चरित्रकै लागि केही अभिनेत्रीले आफ्नो कपालको बलिदान दिएको बिषय मिडिया लुकेको छैन ।अभिनयकै लागि तौल घटाउने र बढाउने गर्नु सामान्य नै हो ।

तर, अभिनेत्री आँचल शर्माले भने अभिनयका लागि ओठमा घाउ बनाएकी छन् । मंगलबार एक समारोहका बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको ‘एउटा सपना छ’ बोल रहेको गीतको भिडियोमा सार्वजनिक गरिएको थियो ।

जसमा उनको ओठमा घाउ देख्न सकिन्छ  कार्यक्रममा भिडियो सार्वजनिक पछि पत्रकारले भिडियोमा देखिएको उनको ओठको घाउका विषयमा जिज्ञासा राखेका थिए । जवाफमा उनले क्यारेक्टरका लागि सुटिङमै टोकी टोकी घाउ बनाएको बताइन् ।

‘भिडियोमा मेरो भूमिका नातिनीको भएपनि धेरै कुराको ख्याल गर्नुपर्ने रहेछ’ उनले भनिन्–‘सुटिङमै टोकी टोकी ओठमा घाउ बनाए ।’ भिडियोमा उनले हातमा नङ पालेको समेत देखिएको छ ।

यस बिषयमा पनि उनले भनिन्, ‘मलाई नङ पनि पाल्नु हुँदैन भन्नेमा ध्यान गएको भए म काट्थेँ होला ।’ विशिष्ट कलाकार मदनकृष्ण श्रेष्ठको समेत अभिनय रहेको भिडियोमा आँचल नातिनीका भूमिकामा देखिएकी छन् ।

पुष्पन प्रधानको शब्द तथा संगीत रहेको भिडियो पुरुष र महिला भर्सनपछि कलाकार श्रेष्ठको स्वरमा लिजेन्ड भर्सनमा आएको हो । कार्यक्रममा मदनकृष्ण श्रेष्ठको ७२ औं जन्मदिन समेत सेलिब्रेसन गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.