‘डक्टर स्ट्रेन्ज–२’को वर्ल्ड प्रिमियर, शुक्रबार नेपालसहित विश्वभर रिलिज हुँदै - Crazysaptahik.com

‘डक्टर स्ट्रेन्ज–२’को वर्ल्ड प्रिमियर, शुक्रबार नेपालसहित विश्वभर रिलिज हुँदै

प्रतीक्षित हलिउड फिल्म ‘डक्टर स्ट्रेन्जः इन द मल्टिभर्स अफ म्याडनेस’को वर्ल्ड प्रिमियर गएराति अमेरिकी सहर लस एन्जलसमा सम्पन्न भएको छ । प्रिमिययरमा फिल्म हेरेका कतिपयले यसलाई हरर शैलीको बताएका छन् भने कतिपयले मिश्रित ।

कतिपयले चाहिं निर्देशक साम राइमी शैलीको फिल्मको रुपमा व्याख्या गरेका छन् । मार्भल स्टुडियोद्वारा आयोजित प्रिमियरमा कलाकारहरु बेनेडिक्ट कम्बरब्याच, एलिजाबेथ ओल्सेनसहित उपस्थित रहे ।

फिल्ममा अभिनेता बेनेडिक्टले स्टेफन स्ट्रेन्ज पात्रको भूमिका निर्वाह गरेका छन् । मल्टिभर्स काल्पनिक संसारमा प्रवेश गरेपछि डक्टर स्ट्रेन्जले खेप्नुपर्ने चुनौती दोस्रो श्रृंखलाको कथावस्तु हो । आगामी शुक्रबार नेपाल, भारतसहित विश्वभर फिल्म प्रदर्शनको तयारीमा छ ।

भारतमा चाहिं अग्रिम टिकट बिक्रीबापत २० करोड भारु कमाइ गरेको जनाइएको छ । नेपालमा चाहिं फिल्मको सेन्सर जाँच बुधबार बेलुका हुँदैछ । फिल्मसँगै अर्को प्रतीक्षित हलिउड फिल्म ‘अवतार २’ टिजर पनि शुक्रबार नै रिलिज हुने जनाइएको छ ।

सम्बन्धित खवर