टर्कीका सुपरस्टार दुज्यातानले भने– ‘फिल्म छायाङ्कन गर्न नेपाल आउँछु’ - Crazysaptahik.com

टर्कीका सुपरस्टार दुज्यातानले भने– ‘फिल्म छायाङ्कन गर्न नेपाल आउँछु’

को प्राकृतिक सौन्दर्य अद्भूत रहेको धारणा राखेका उनले जुन फष्टमा फिल्म छायाङ्कनका लागि टिमसहित फेरि नेपाल आउने बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन पुनरुत्थान प्राविधिक समितिले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा दुज्यातानले नेपाल फिल्म छायाङ्कन गर्ने योजनाले आफु टिमसहित भ्रमणमा आएको सुनाए ।

नेपालमा कसरी फिल्म छायाङ्कन गर्न सकिन्छ भनेर अवलोकन समेत आफुहरुले गरेको उनले बताए । मेरो यो पहिलो भ्रमण हो, अन्तिम होइन’ उनले थने– ‘हामी फेरि भेट्नेछौँ ।’ उनले आफ्नो भ्रमणमा सहयोग गर्ने र आफुलाई माया गर्ने सबैप्रति आभार ब्यक्त गरे ।

त्यस्तै कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले दुज्यातानले नेपालमा फिल्म छायाङ्कन गर्ने योजना बनाएकोमा खुसी ब्यक्त गरे । त्यसका लागि आफु र मन्त्रालयले सक्दो सहयोग गर्ने बताएका मन्त्री आलेले समय निकालेर नेपाल भ्रमणमा आएकोमा धेरै धेरै धन्यवाद दिए ।

‘तपाईको चर्चा टर्कीमा मात्र नभएर विश्वमा रहेको छ’ मन्त्री आलेले भने–‘तपाईको नेपाल भ्रमणले विश्वमा जानकारी मिलेको छ । त्यसका लागि तपाईलाई धन्यवाद ।’ दुज्यातानको फ्यान नेपालमा पनि धेरै रहेको बताएका मन्त्री आलेले पोखरा भ्रमणको बेला एयरपोर्टमा कुर्ने सयौँको भिडले पनि त्यो प्रमाणित गर्ने सुनाए ।

‘मैले थाहा पाएँ तपाई र तपाइँको टोलीको फेरि नेपाल आएर फिल्म बनाउने तयारी छ’ उनले थपे– ‘त्यसका लागि मेरो मन्त्रालयको तर्फबाट जे जस्तो सहयोग गर्नुपर्छ हामी तयार छौ ।’ मन्त्री आलेले आफुले फेरि दुज्यातानलाई नेपालमा स्वागतको आशा गरेको सुनाए ।

‘घाइते अवस्थामा पनि नेपाल भ्रमण आउनुभयो । तपाई र तपाईंको टिमलाई धन्यवाद’ मन्त्री आलेले भने । नीर शाह, आकाश अधिकारी, गायिका इन्दिरा जोशी, दीपाश्री निरौलालगायत सेलिब्रेटीको समेत सहभागिता रहेको कार्यक्रममा दुज्यातानको टिमलाई शिरमा भादगाउँले टोपी समेत लगाइदिइएको थियो ।

सोमबार नेपाल आएका दुज्यातान मंगलबार पोखरा भ्रमण निस्किएका थिए । पोखराको फेवाताल, बेगनासताल तथा सराङकोटलगायत विभिन्न पर्यटकीय स्थालको उनले भ्रमण गरेका थिए ।

कोरोनापछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्र प्रवद्र्धन गर्नुका साथै टर्कीका पर्यटक नेपाल भित्र्याउने उद्देश्यले मन्त्रालयको निमन्त्रणमा आठ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी नेपाल आएका हुन् ।

उनको आगमनले टर्कीका पर्यटकहरुको आगमनमा बृद्धि हुने विश्वास मन्त्रालयको रहेको छ ।टर्कीको ८०० वर्ष पुरानो राजनीतिक घटनामा आधारित टेलिश्रृंखला ‘अर्तुगुल गाजी’ मा दुज्यातानले मुख्य कलाकारको भूमिकामा निर्वाह गरेका छन् ।

सोही टेलिश्रृंखलाबाट उनी विश्वभर चर्चित बनेका हुन् । दुज्यातान बिहीबार राती टर्की फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.