‘अवतार २’को ट्रेलर : पान्डोरा ग्रहमा आदिवासी र पृथ्वीबाट गएका मान्छेको संघर्ष - Crazysaptahik.com

‘अवतार २’को ट्रेलर : पान्डोरा ग्रहमा आदिवासी र पृथ्वीबाट गएका मान्छेको संघर्ष

जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार : द वे अफ वाटर’को आधिकारिक टिजर ट्रेलर रिलिज भएको छ । हलिउडको यो बहुप्रतीक्षित फिल्म आगामी पुस १ गते नेपालमा समेत प्रदर्शन हुँदैछ ।

१ मिनेट ३७ सेकेन्ड लामो ट्रेलरमा काल्पनिक पान्डोरा ग्रहमा त्यहाँका आदिवासीले आफ्नो ग्रह जोगाउन पृथ्वीबाट पुगेका मान्छेसँगको संघर्ष चित्रण गर्छ । फिल्मको मुख्य पात्र ज्याक सुलीको भूमिकामा साम वर्थिङ्टनले अभिनय गरेका छन् ।

ट्रेलरले पान्डोरा ग्रहको सौन्दर्यसँगै बहुमूल्य खनिज धातुको लोभमा उपनिवेश बनाउने चाहना बोकेको मानिससँगको संघर्षलाई पेश गर्छ । अवतारको यो दोस्रो श्रृंखलालाई पानीमुनि छायांकन गरिएको छ ।

कोरोना महामारी सुरु भएपछि न्युजिल्यान्डमा स्थापना गरिएको एक विशाल पौडीपोखरीको सेटमा फिल्म छायांकन गरिएको थियो । फिल्ममा नाभी नेयत्री अर्थात् नायिकाको भूमिकामा जोय साल्दानाले अभिनय गरेकी छन् ।

पहिलो भाग रिलिज भएको १३ वर्षपछि अवतारको दोस्रो श्रृंखला प्रदर्शन हुन लागेको हो ।फिल्ममा भिन डिजेल र ‘टाइटानिक’ स्टार केट विन्सलेटको समेत विशेष भूमिका छ । टाइटानिकबाट ओस्कार जितेका छायांकार रसेल कार्पेन्टरले अवतार २ खिचेका हुन् ।

सन् २००९ मा रिलिज भएको ‘अवतार २’ले २.८४ बिलियन डलर कमाउँदै विश्व फिल्म इतिहासमा सर्वाधिक कमाउने फिल्मको कीर्तिमान राखेको छ ।

‘अवतार’ रिलिजसँगै थ्रीडी युगको सूत्रपात मात्र भएन नयाँ निर्माण शैली र प्रविधिको थालनी समेत भयो । आगामी सेप्टेम्बर २३ अर्थात् दशैंको छेकोमा नेपालमा समेत ‘अवतार’को पुनः प्रदर्शन हुने जनाइएको छ ।

सम्बन्धित खवर