राजेश हमाललाई मात्र देखाएर ‘सत्यम्’ले ल्यायो शीर्ष गीत - Crazysaptahik.com

राजेश हमाललाई मात्र देखाएर ‘सत्यम्’ले ल्यायो शीर्ष गीत

निर्माण नहुने भनेर हल्ला चलेको फिल्म ‘सत्यम् ः राइजिङ अफ द हिरोज्’को शीर्ष गीत रिलिज भएको छ । फिल्म छायांकनमा जाने टुंगो नलाग्दै निर्माताले मंगलबार गीत सार्वजनिक गरेका हुन् । राम्रो इन्टरटेनमेन्टको युट्युब च्यानलबाट रिलिज भएको गीतमा कुटुम्ब ब्याण्डको संगीत छ ।

गीतमा राजु महर्जनको स्वर, निर्माता रेशम सापकोटाको शब्द र योगेशकाजीको कन्सेप्ट छ ।गीतमा अभिनेता हमाललाई मात्र फिचर्ड गरिएको छ । जबर्जस्ती करणीको मुद्दामा अहिले कारागारमा रहेका अभिनेता पल शाहको मुद्दाको अन्तिम टुंगो लागेपछि मात्र फिल्म छायांकनमा जाने निर्माता सापकोटाले जनाए ।

‘फिल्मको घोषणापछि दर्शकलाई कुनै पनि कन्टेन्ट दिन सकेनौं कि भन्ने महुसस भएर गीत ल्याएका हौं,’ निर्माता सापकोटाले भने, ‘फिल्मलाई लिएर दर्शकको पर्खाइ अझै बढ्ने आशा लिएका छौं ।’

गीतमा कसैको पनि नाम नराखिएको र पत्रकार सम्मेलनमार्फत यसबारे सार्वजनिक गरिने सापकोटाले बताए । प्रि–प्रोडक्सनको काम सकेको फिल्ममा हमालसहित पल शाह, अनुपविक्रम शाही र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको यसअघि नै बताइएको छ ।

https://youtu.be/c9vFTsb3wrs

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.