सकियो ‘पल्पसा क्याफे’ को मञ्चन - Crazysaptahik.com

सकियो ‘पल्पसा क्याफे’ को मञ्चन

नाटक ‘पल्पसा क्याफे’ को मञ्चन सकिएको छ । थापागाउँस्थित मण्डला थिएटरमा ९ वैशाखबाट मञ्चन सुरु भएको नाटक सोमबारबदेखि सकिएको हो । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटकले ५ हजार बढी दर्शक पाएको कलाकार विजय बरालले जानकारी दिए ।

‘यस पटक नाटकको हरेक शो हाउसफूल रह्यो,’ बरालले भने, ‘यसले हामी नाट्यकर्मीमा हौसला थपेको छ ।’ कोभिड महामारीका कारण अघिल्लो वर्ष प्रदर्शन मञ्चन स्थगित भएको नाटक थिएटर भिलेजको प्रस्तुतिमा विमल सुवेदीले निर्देशन गरेका हुन् ।

विमल सुवेदी, अभिनेत्री सृिष्ट श्रेष्ठ, दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना लगायतका कलाकारको नाटकमा अभिनय थियो ।

१० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने उपन्यास ‘पल्पसा क्याफे’मा तत्कालीन परिवर्तनशील समाजको कथा चित्रण गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.