बाफ्टाको कर्माथान फेस्टिभलमा छानियो नेपाली फिल्म ‘हल्कारा’ - Crazysaptahik.com

बाफ्टाको कर्माथान फेस्टिभलमा छानियो नेपाली फिल्म ‘हल्कारा’

महेश त्रिपाठी अभिनित नेपाली फिल्म ‘हल्कारा’ले एकपछि अर्को अन्तर्राष्ट्रिय उपलब्धि हात पारिरहेको छ । अमेरिकी फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टनमा उत्कृष्ट फिल्म, अभिनय र छायांकन विधामा जितेको फिल्मले अर्को उपलब्धि कमाएको छ ।

विक्रम सापकोटा निर्देशित यो फिल्म विश्वकै चर्चित फिल्म अवार्ड बाफ्टा (ब्रिटिश फिल्म एकेडेमी अवार्ड)को क्वालिफाइङमा पर्ने कर्माथान बे फिल्म फेस्टिभलमा छानिएको छ । फेस्टिभलको वेबसाइटले छनोटको पुष्टि गरेको छ ।

अभिनेता त्रिपाठी र निर्देशक सापकोटाले सामाजिक सञ्जालमा यसबारे सेयर गर्दै खुसी बाँडेका छन् । उनीहरुले आगामी मे १८ मा लण्डनमा हुने प्रिमियरमा सहभागी हुन पनि आग्रह गरेका छन् ।

कालिपार स्टुडियोज र आइसफल प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा महेश र विनिता थापा मगरको मुख्य भूमिका छ । फिल्मलाई चाँडै हलमा रिलिज गरिने निर्माता रामकृष्ण पोखरेलले  जानकारी दिए । यो फिल्मले एक हुलाकीको जीवन संघर्षको चित्रण गर्छ ।

सम्बन्धित खवर