३४ वर्षअघिको घटनामा नवजोत सिद्धु दोषी ठहर, एक वर्ष जेल सजायको फैसला - Crazysaptahik.com

३४ वर्षअघिको घटनामा नवजोत सिद्धु दोषी ठहर, एक वर्ष जेल सजायको फैसला

३४ वर्ष पुरानो एक सडक दुर्घटनासम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटर समेत रहेका नवजोत सिंह सिद्धुलाई एकवर्षको जेल सजाय सुनाएको छ ।

यसैवर्ष चुनाव हारेका सिद्धुलाई अदालती निर्णयले अर्को धक्का लागेको छ । सिद्धुको आक्रमणबाट एक वृद्धको ज्यान गएको थियो । अदालतले चारवर्षअघिको फैसलालाई पनि पुनरावलोकन गरेको छ ।

त्यसबेला उनलाई १ हजार भारु धरौटीमा छाडिएको थियो । भारतीय संचारमाध्यमका अनुसार सिद्धुलाई आजै गिरफ्तार गरिने भएको छ । उच्च न्यायालयले सिद्धुको आत्मसमर्पण र गिरफ्तारीलाई लिएर कुनै राहतको उपाय पेश गरेको छैन ।

अदालतको आदेशअनुसार सिद्धु आजै जेल जानुपर्नेछ । उनलाई पटियाला जेल पठाउने तयारी भैरहेको छ । केहीबेरअघि उनी पटियालास्थित आफ्नो घरमा समेत पुगेका छन् । आफूले कानूनको सम्मान गर्ने प्रतिक्रिया उनले दिएका छन् । ट्वीटमार्फत कानूनको सम्मान गर्ने उनको भनाई छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.