
अभिनेत्री सारा श्रीपाइलीको फिल्म करिअर सुखद् देखिएको छैन । बेलायती प्रवेशाज्ञा नमिल्दा उनले बिग बजेट फिल्म ‘हनी बनी’ गुमाउनुपयो । अहिले उनको हातमा फिल्म छैन । फिल्म मात्र होइन, उनको म्युजिक भिडियो करिअर पनि उति सुखद् छैन ।
यद्यपी, उनी म्युजिक भिडियोमा भाग्य चम्काउन चाहन्छिन् । यसैबीच, सारा पछिल्लो समयका चल्तीका यापर जी–बबसँग एक म्युजिक भिडियोमा सहकार्य गरेकी छन् । माइकल चन्दले निर्देशन गरेको भिडियो ‘फाइनल्ली भेटियो’मा सारा र जी–बबले सहकार्य गरेका हुन् ।
गीत छायांकन सकिएको छ । मोडल डेलविस पनि यसमा फिचर्ड हुनेछन् । जी–बबकै शब्द र संगीत रहेको गीतमा उनी स्वयं मोडलिङ गर्दैछन् ।
स्रोतका अनुसार निर्माण कम्पनी ट्री इन्टरटेनमेन्टले जी–बबलाई महंगो रकम दिएर यो गीत निर्माण गर्न लागेको हो । जी–बबसँगको यो सहकार्य साराको लागि कत्तिको लाभदायक हुन्छ, हेर्नु रोचक हुनेछ ।

