लैनसिंह वाङ्देलको चर्चित उपन्यास ‘लङ्गडाको साथी’मा आधारित फिल्म ‘अभिन्न’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा मुख्य अभिनेता कार्मलाई दार्जिलिङ सहरमा डुलिरहने एक अपांग व्यक्तिको चरित्रमा देख्न सकिन्छ ।
फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । वाङ्देलले २००८ सालमा लेखेको यो उपन्यासमा दार्जिलिङ सहर डुलिरहने एक अपांग व्यक्तिले भोग्नुपरेको कारुणिक कथा र उसलाई सघाउने कुकुरको चरित्रलाई प्रस्तुत गरिएको छ ।
फिल्म दार्जिलिङकै परिवेशमा छायांकन गरिएको छ । वाङ्देल एण्ड शाक्य प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका निर्माता विभाकर शाक्य हुन् । फिल्ममा रञ्जित गजमेरको संगीत रहेको छ ।