बलिउडका चर्चित फिल्म निर्माता–निर्देशक हंसल मेहताले सफिना हुसैनसँग जीवनको नयाँ अध्याय ससुरु गरेका छन् । हंसल मेहता र सफिनाले विवाह गरेका छन् । ५४ वर्षका हंसल मेहताले जीवनको विशेष पलका तस्बिर सेयर गरेर सबैमाझ आफ्नो खुसी व्यक्त गरेका छन् ।
यी दुई पछिल्लो १७ वर्षदेखि सँगै बसिरहेका थिए तर आफ्नो सम्बन्धलाई आधिकारिक बनाएका थिएनन् । विवाहको तस्बिर सेयर गर्दै उनले आफ्नो मनको कुरा पनि लेखेका छन् ।
यसमा उनले लेखेका छन्, ‘१७ वर्षपछि दुई बच्चाहरु सँगै हुर्किरहेको हेर्दै र आफ्नो सपनालाई पछ्याउँदै हामीले विवाह गर्ने निर्णय गरेका छौँ ।’ उनी थप्छन्, ‘जीवनमा सधैँ झैँ यो पनि अचानक र अनियोजित थियो ।
तर हाम्रो वचन सच्चा थिए । अन्ततः प्रेम सबैमा हावी हुन्छ ।’ हंसल मेहताको पहिलो विवाह सुनिता मेहतासँग भएको थियो । यी दुईका दुई छोरा पनि छन् । अब उनले सफिनामा आफ्नो जीवन साथी भेटे जो अभिनेता युसूफ हुसैनकी छोरी र एक सामाजिक अभियन्ता हुन् ।
हंसल र सफिना दुई छोरी किमाया र रिहानाका अभिभावक पनि हुन् । अर्थात् हंसल चार सन्तानका पिता हुन् ।