मुम्बईको चर्चित क्रुज ड्रग्स केसमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अदालतबाट क्लिन चिट पाएका छन् । भारतीय सञ्चार माध्यम आजतकका अनुसार एनडीपीएस अदालतमा शुक्रबार नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले आरोपपत्र दायर गरेको थियो ।
उक्त आरोपपत्रमा आर्यन खानको नाम सामावेश थिएन । ड्रग अन क्रुज मामिलामा शुक्रबार ६ हजार पानाको आरोपपत्र दर्ता गरियो । आर्यनलाई अघिल्लो वर्ष २ अक्टोबरमा पक्राउ गरिएको थियो । अनुुसन्धानपछि आर्यनलाई ६ नोभेम्बरमा जमानत दिइएको थियो ।
यो मामिलामा आर्यनसहित १९ जनालाई आरोपी बनाइएको थियो । अनुुसन्धानमा आर्यनविरुद्ध प्रमाण पाउन नसकिएको बताइएको छ । एनसीबीका डिडिजी सञ्जय कुमारले आर्यन र मोहकबाहेक सबै आरोपी व्यक्ति नशालु पदार्थको प्रभावमा पाइएको बताए ।
अब १४ जनाविरुद्ध विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरिनेछ । अन्य ६ जनाविरुद्ध प्रमाणको अभावमा उजुरी दर्ता गरिएको छैन ।