वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘लाइफटाइम अचिभमेन्ट’ सम्मान - Crazysaptahik.com

वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘लाइफटाइम अचिभमेन्ट’ सम्मान

चलचित्र निर्देशक समाजले वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफटाइम अचिभमेन्ट सम्मान प्रदान गरेको छ । शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित संस्थाको १४ औं साधारणसभामा शर्मासहित अन्य ६ निर्देशकलाई सम्मान गरिएको हो ।

भारतको पुनास्थित फिल्म तथा टेलिभिजन इन्स्टिच्युटमा लेखन तथा निर्देशनमा स्नातक उत्तीर्ण शर्माले ‘आधा आकाश’ फिल्मबाट निर्देशन करिअर थालेका थिए । उनले अहिलेसम्म १३ वटा फिल्म निर्देशन गरेका छन् भने ‘साथी’ उनी निर्देशित व्यावसायिक रुपमा सफल फिल्म हो ।

सभामा अन्य ६ जना निर्देशकलाई पनि सम्मान गरियो । मदन घिमिरे, केपी पाठक, नरेश पौडेल, ज्ञानेन्द्र देउजा, सुचित्रा श्रेष्ठ र मिलन चाम्सलाई सम्मान गरिएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.