कार्तिक र कियाराको ‘भुल भुलैया २’ सय करोड क्लबमा - Crazysaptahik.com

कार्तिक र कियाराको ‘भुल भुलैया २’ सय करोड क्लबमा

कार्तिक आर्यन र कियारा आडवाणी स्टारर बलिउड फिल्म ‘भुल भुलैया २’ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । रिलिजको नवौं दिनमा यो फिल्म सय करोड क्लबमा प्रवेश गरेको छ । दक्षिण भारतीय फिल्मले चुनौती दिइरहेका बेला ‘भुल भुलैया २’को व्यापारले बलिउडलाई राहत दिएको छ ।

यो फिल्मको सफलताले कार्तिकको करिअरलाई पनि थप फाइदा पु¥याएको छ । फिल्मले शनिबार ११.३५ करोड भारु कमाइ गरेसँगै हालसम्मको कलेक्सन १०९.९२ करोड पुगेको छ । फिल्मको ओपनिङ कमाइ १४.११ करोड थियो ।

‘भुल भुलैया २’को आक्रामक कमाइका कारण एउटै मितिमा रिलिज भएको कंगना रनावतको ‘धाकड’ बक्स अफिसमा कमजोर ठहरिएको छ । शुक्रबार रिलिज भएको आयुष्मान खुराना स्टार ‘अनेक’ पनि बक्स अफिसमा सुस्त छ । ‘भुल भुलैया २’का निर्देशक अनीष बज्मी हुन् ।

सम्बन्धित खवर