‘वर एण्ड वधु’ मार्फत फिल्म डेब्यु गर्दै रविना - Crazysaptahik.com

‘वर एण्ड वधु’ मार्फत फिल्म डेब्यु गर्दै रविना

मोडल रविना केसी फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । मिलन चाम्सको निर्देशन रहने ‘वर एण्ड वधु’ मार्फत उनले फिल्ममा डेब्यु गर्ने लागेकी हुन् । धरानकी स्थायी बासिन्दा केसी पछिल्लो समय काठमाडौँ कर्मथलो बनाएर संघर्षरत छिन् । गीतका म्युजिक भिडियो, विज्ञापन चलचित्रलगायत समेत अभिनय गरिसकेकी केसीले फिल्मका लागि अडिसन मार्फत छानिएकी हुन् ।

‘एउटा राम्रो टिमसँग फिल्ममा डेब्यु गर्ने सपना थियो’ केसीले भनिन् ‘‘वर एण्ड वधु’ले सो सपना पुरा गर्यो ।’ हालै एक कार्यक्रमबीच घोषणा भएको फिल्ममा आँचल शर्मा, साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी लगायतको मुख्य अभिनय रहनेछ ।

नव–अभिनेता विवेक कर्माचार्यको समेत फिल्ममा मुख्य भूमिका रहनेछ । फिल्म जेठको अन्तिम साताबाट फ्लोरमा निस्कने तयारीमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.