भारतमा किन चर्कियो ‘लाल सिंह चड्डा’ बहिष्कारको मुद्दा ? - Crazysaptahik.com

भारतमा किन चर्कियो ‘लाल सिंह चड्डा’ बहिष्कारको मुद्दा ?

आमिर खान र करिना कपुर स्टारर ‘लालसिंह चड्डा’को ट्रेलर आइतबार रिलिज भयो । सामाजिक सञ्जालमा भिडियो सेयर हुनेबित्तिकै केही प्रयोगकर्ता फिल्मका दुई मुख्य कलाकारलाई लिएर विरोधमा उत्रिए । आमिर खानसँग सम्बन्धित एक पुरानो विवादलाई कोट्याउँदै सामाजिक सञ्जाल प्रयोगकर्ता उनीविरुद्ध खनिएका थिए ।

साथै, फिल्मलाई प्रतिबन्ध लगाउनुपर्ने माग समेत उनीहरुले गरेका छन् । आमिरले यसअघि भनेको ‘भारत असहिष्णु छ’ भन्ने अभिव्यक्तिप्रति लक्षित गर्दै एक ट्वीटर प्रयोगकर्ता लेख्छन्, ‘जसले भारतलाई सुरक्षित थलो ठान्दैन उसले आफ्नो फिल्मलाई पनि भारतमा रिलिज गर्नुहुँदैन ।

उनी पाकिस्तान वा अफगानिस्तानमा जानुपर्छ जहाँ उनका दाजुभाइ बस्छन् । यसकारण लाल सिंह चड्डालाई बहिष्कार गरौं ।’ अर्को एक प्रयोगकर्ताले नेटिजमलाई लिएर करिनाले यसअघि दिएको अभिव्यक्तिको कारण बहिष्कार गर्नुपर्ने तर्क अघि सारेका छन् । ‘लाल सिंह चड्डा हेर्नुहुन्न भन्ने दुईवटा तर्क मसँग छन् ।

एउटा करिना कपुरले हामीलाई फिल्म नहेर्नु भनेकी छन्, दोस्रो मैले फरेस्ट गम्प हेरसकेको छु र मैले म त्यसको आकर्षणलाई खुइलाइन चाहँदिन ।’ अर्का एक प्रयोगकर्ताले ट्रेलरमा प्रयुक्त सैनिक भाषा र शब्दावलीलाई लिएर टिप्पणी गरेका छन् ।

उनी लेख्छन्, ‘उनको नयाँ फिल्म आउँदैछ । सैनिक पोशाक लगाएर अभिनय गर्नु चुनौतीपूर्ण हो । सैनिकलाई लिएर पनि धेरै व्यंग्य गरिएको छ । आशा गर्छु दर्शकले यसलाई बहिष्कार गर्नेछन् ।

मलाई थाहा छैन, भारतीय सैनिकलाई उनले कसरी स्पष्टीकरण दिन्छन् । बहिष्कार गरौं ।’ आइतबार रिलिज भएको ट्रेलरलाई २४ घण्टामै ६२ मिलियन पटक हेरिएको छ । साउन २६ गते जनैपूर्णिमाको छेकोमा यो फिल्म सिनेमा हलमा रिलिज हुँदैछ ।

 

सम्बन्धित खवर