बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘जवान’ सन् २०२३ को जुन २ मा प्रदर्शन हुने भएको छ । शुक्रबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको टिजर सार्वजनिक गरिएको हो । दक्षिण भारतीय निर्देशक एट्लीसँगको सहकार्यमा शाहरुखको कम्पनी रेड चिल्लीले फिल्म निर्माण गर्न लागेको हो ।
एक्सन इन्टरटेनर फिल्ममा अभिनेत्री नयनतारा नायिकाको रुपमा हुनेछिन् । साउथ इन्डियन अभिनेत्री नयनतारा यो फिल्ममा अनुसन्धान अफिसरको रुपमा प्रस्तुत हुनेछिन् । फिल्ममा शाहरुखको दोहोरो भूमिका हुने जनाइएको छ ।
जसमा एउटा ग्याङस्टर र अर्को चाहिं भारतीय खुफिया एजेन्सी रअ अफिसरका पिताको चरित्र हुनेछ । शाहरुख र नयनताराले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् । शाहरुख अभिनित ‘पठान’ र ‘डंकी’ रिलिजको तयारीमा छन् ।